माओवादीले गर्‍यो बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

माओवादीले गर्‍यो बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनका दिन नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टी महासचिव कमरेड नेपालले विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचन बहिस्कार गर्ने भन्दै यहि बैशाख २० र ३० गते नेपाल बन्दको घोषणा गरेका हुन् । तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको कार्यक्रम राखेको हो ।

जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने मुल नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पार्न विज्ञप्तिमा आग्रह गरिएको छ ।