काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थानीय तहका पदाधिकारीलाई अभिमुखीकरण तालिम दिने भएको छ ।
बुधबार पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले नवनिर्वाचित जनप्रतिनिधिलाई दुई दिने अभिमुखीकरण तालिम दिने निर्णय गरेको हो ।
अभिमुखीकरण तालिम जेठ १८ र १९ गते दुई सन्चालन गरिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
माओवादीले ३० बैशाख ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभरका १२१ पालिकामा जित हासिल गरेको छ ।




प्रतिक्रिया