माओवादी केन्द्रको तराई-मधेस जनजागरण अभियान आजदेखि सुरु हुँदै

माओवादी केन्द्रको तराई-मधेस जनजागरण अभियान आजदेखि सुरु हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले सोमबार तराई/मधेश जागरण अभियान झापाबाट सुरु गर्दै छ । झापाको कचनकवल गाउँपालिकाको बनियानीमा अभियान उदघाटन हुने र चैत ७ गते कञ्चनपुर पुगेर समापन हुनेछ ।

अभियान उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । अभियानअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा र सुनसरीमा एक–एक दिन तथा मोरङमा २ दिन अभियान चल्ने भएको छ ।

सोमबार झापाको कचनकवल गाउँपालिकाको बनियानीमा उद्घाटन हुनेछ । त्यसपछि बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गरिनेछ ।

फागुन १३ गते मंगलबार मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने माओवादीले जनाएको छ ।

यस्तै फागुन १४ गते शिवरात्रि परेको कारण सुनसरीमा हुने कार्यक्रम स्थगित भएको छ । सुनसरीमा भने १५ गते सुरु हुनेछ । सो दिन सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, अन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ ।

अभियानको क्रममा पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीको टोली सहभागी हुनेछ । अभियान अवधिमा झापा, मोरङ र सुनसरीबाट मात्रै कम्तीमा ५ हजार अन्य पार्टीका नेता तथा कार्यकर्ता र सामाजिक व्यक्तित्वहरूलाई पार्टी प्रवेश गराउने लक्ष्य माओवादीको छ ।

अभियानकै क्रममा हिमाली र पहाडी जिल्लाबाट बसाई सराइ वा अन्य कामको सिलसिलामा झापा, मोरङ, सुनसरी, उदयपुरमा रहेका पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरूलाई संगठित गर्ने, किसानहरू समस्याहरूलाई समाधान गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व र जनप्रतिनिधिहरूमार्फत कृषि मल, बिउ, प्रविधि, सिँचाइ, कृषि उपजको बजारीकरण र प्रशोधनलगायत समस्याको समाधान गर्न सहजीकरण गर्ने, भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाइनेछ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले अभियान हुलाकीमार्ग केन्द्रित हुने बताए । अभियानको अवधिभर शहीद, बेपत्ता, घाइते अपाङ्ग परिवारसहितका पार्टीका कार्यकर्ता र जनतासँग भेटघाट, अन्तक्र्रिया एवम् जनसभा गर्ने उनले बताए ।

उनका अनुसार यो अभियानको उद्देश्य जनता–माओवादी केन्द्रबीच सम्बन्ध सुधार गर्ने र सरकारका गलत कामको भण्डाफोर गर्ने हो । ‘यो अभियानमा भ्रष्टाचार, बेथिती र अनियमिताको निगरानीका लागि सरकारलाई खबरदारी गर्नेछौं । शहीद परिवार लगायतलाई भेट्ने छौं,’ महासचिव गुरुङले भने ।

अभियान : कहिले कहाँ ?

कोशी प्रदेश

झापा– फागुन– १२ गते
मोरङ– फागुन १३ गते
सुनसरी– फागुन १५ गते

मधेश प्रदेश

सप्तरी– फागुन १६ गते
सिरहा– फागुन १७ गते
धनुषा– फागुन १८ गते
महोत्तरी– फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते

बागमती प्रदेश

चितवन– फागुन २५ गते

गण्डकी प्रदेश

नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही– फागुन २८ गते
कपिलवस्तु– चैत २ गते
दाङ– चैत ३ गते
बाँके– चैत ४ गते
बर्दिया– चैत ५ गते

सुदूरपश्चिम प्रदेश

कैलाली– चैत ६ गते
कञ्चनपुर– चैत ७ गते