माओवादीको तराई-मधेश जागरण अभियान फेरि स्थगित

माओवादीको तराई-मधेश जागरण अभियान फेरि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश जागरण अभियान फेरि स्थगित भएको छ।

माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान ५ दिनका लागि स्थागित गरिएको हो ।

‘अभियान चैत १६ गतेबाट फेरि सुरु हुने माओवादीले जनाएको छ ।अभियान अन्तर्गत सोमबार कुनै कार्यक्रम छैन । माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड चितवनबाट सोमबार दिउँसो काठमाडौं फर्कदै छन् ।

सोमबार ४ बजे प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा सम्मिलत बैठब बस्दैछ ।