माओवादी बैठकमा प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल हुँदै

माओवादी बैठकमा प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुँदैछ ।

आज ११ बजेबाट सुरु हुने प्रस्तावमाथिको छलफलमा केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा छलफल गरी टोली नेताले निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । हिजोको बैठकमा अध्यक्ष दाहालले आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका थिए । दाहालले आगामी पुस दोस्रो साता गर्ने गरी राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेका छन् ।

तत्कालिन नेकपा विभाजनपछि पार्टीको पुर्नजीवनका योजना ल्याउने तयारीमा जुटेका अध्यक्ष दाहालले आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलनको मिति प्रस्ताव गरेका हुन् । त्यस्तै, उनले चार महिने संगठनात्मक अभियान सञ्चालन गर्ने प्रस्ताव समेत अघि सारेका छन् । उनले अहिलेको सत्ता गठवन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सारेका छन् ।

केन्द्रीय समिति बैठकमा पेश भएको प्रतिवेदनमा दाहालले लोकतान्त्रिक, संविधान र राष्ट्रियताको रक्षा तथा आर्थिक समृद्धि र स्थायित्वका लागि गठबन्धन बनेको उल्लेख गरे । यस्तै, कोभिड नियन्त्रण तथा जनताको जीवन स्तरमा सुधार गरी मुलुकमा सुशासन स्थापना गर्ने गठवन्धन सरकारको प्राथमिकता भएको उहाँको भनाइ छ सदस्यहरुको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गर्ने र पार्टीको सांगठनिक संचरना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्ने तयारी छ ।