माओवादीकाे महाधिवेशन : बन्दसत्र सुरु

माओवादीकाे महाधिवेशन : बन्दसत्र सुरु


काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । आइतबारदेखि काठमाण्डुको प्रज्ञा भवनमा सुरु भएको आठौं महाधिवेशन अन्तर्गत आज सोमबार १२ बजेदेखि बन्दसत्र सुरु भएको हो ।

त्यसका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने कार्यक्रम छ । प्रचण्डले पेस गरेका राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ ।

बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो । हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि माओवादीलाई व्यवस्थापनमा चुनौती थपिएको छ ।