काठमाण्डु – । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्नेछ ।
बिधान अधिवेसन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रिय समिति बैठक बस्ने भएकाे हो । माओवादीको बिधान अधिवेसन यही फागुन १–३ गते काठमाडौंमा हुदैँछ ।
सम्मेलनमा प्रस्तुत हुने बिधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रवार र शनिवार २ दिन स्थायी समिति बैठक बसेको थियो सो बैठकमा केन्द्रीय समितिको आकार घटाएर १५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिइएको छ ।
आजको केन्द्रीय समिति बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिएका छन ।




प्रतिक्रिया