माओवादीले केन्द्रीय कमिटीमा थप्‍यो २२ जना महिला सदस्य (सूचीसहित)

माओवादीले केन्द्रीय कमिटीमा थप्‍यो २२ जना महिला सदस्य (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा २२ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थप गरेको हो । थपिएका केन्द्रीय सदस्यहरू आजदेखि केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्।

माओवादी केन्द्रले २२ जना थप गरेर केन्द्रीय कमिटीको आकार ४०७ पुर्‍याएको हो। साउन १७ गतदेखि चलेको केन्द्रीय कमिटीमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमा धारणा राखिरहेका छन्। बैठक २१ गतेसम्म चल्नेछ।

थपिएका महिला केन्द्रीय सदस्यहरू :

१ आङदावा शेर्पा

२ इन्दिरा अधिकारी

३ उमा कपाली

४ उर्मिला विक

५ गंगा खड्का

६ गिताकुमारी कँडेल चौलागाईं

७ गिता शाही

८ छमकुमारी खनाल

९ दिलमाया बूढामगर

१० नीरमाया श्रीस

११ नीशा न्यौपाने

१२ पार्वती थापा

१३ शरू चौधरी

१४ भगवती तिवारी,

१५ मोतिकला चलाउने

१६ लालकुमारी पुन

१७ लिला शर्मा

१८ सपना परियार

१९ सीता दाहाल

२० सुशिला घिमिरे

२१ सुशीला पौडल

२२ सूर्यकुमारी विक