काठमाण्डु – नेकपा माओवादी केन्द्रकाे दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।
माओवादी केन्द्रले बर्खास्त गरेका लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीलगायतका नेताहरुले पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दिने भएका हुन् ।
नेताहरु लिल बहादुर थापा, दिनेश पन्थीलगायतले नेककपा माओवादी केन्द्रको दल दर्ता खारेजीका लागि आयोगमा १२ः३० बजे निवेदन दिने तयारी रहेको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि नेकपा एमाले लागेका नेताहरुलाई पूर्वमाओवादी केन्द्रका नेताहरुलाई बर्खास्त गरेको थियो । बर्खास्तीमा परेका नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोग जाने भएका हुन् ।




प्रतिक्रिया