पूर्वमाओवादी केन्द्रका चार जना नेताको रिटको सुनुवाई न्यायाधीश कार्कीको एकल इजलासमा

पूर्वमाओवादी केन्द्रका चार जना नेताको रिटको सुनुवाई न्यायाधीश कार्कीको एकल इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमाओवादी केन्द्रका नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यमा पुर्नवहालीको माग गर्दै पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतले रिट दायर गरेका थिए ।

चार जना नेताहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको एक इजलासमा पेशी तोकिएको छ । उनीहरुले आफूहरु नेकपा एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको दाबी गरेका छन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि चार जना नेताले एमालेमा रहने निर्णय गरेका थिए । पार्टी परिवर्तन गरेको भन्दै माअ‍ोवादी केन्द्रले उनीहरुलाई सांसद पदबाट बर्खास्त गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई समेत दिइएको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो । सांसद पदबाट हटाएको करिब ४ महिनापछि गुहार माग्दै रायमाझी सर्वोच्च पुगेका हुन् ।