काठमाण्डु — सांसद पदमा पुनर्बहाली माग गर्दै नेकपा एमालेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आफैंले स्थगित गर्न निवेदन दिएका छन् ।
सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाइ आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो । तर, उनीहरूले भने सुनुवाइ स्थगित गर्न निवेदन दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
आफूहरु एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको उनीहरुको जिकिर छ । पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
बिहीबार चारै जना नेताको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको थियाे । उक्त इजलासले हेर्न नभ्याएपछि शुक्रबारलाई सरेको थियो ।




प्रतिक्रिया