वर्षमान र जनार्दनमा सहमति नभए तेस्रो व्यक्ति को बन्लान् महासचिव ?

वर्षमान र जनार्दनमा सहमति नभए तेस्रो व्यक्ति को बन्लान् महासचिव ?

तीन विकल्पमा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाउन छलफल सुरु गरेको छ । जारी केन्द्रीय कमिटी बैठकबाटै पदाधिकारीको टुंगो लगाइनुपर्ने माग उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुसँग छलफल गरेका हुन् ।

माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष ‘प्रचण्ड’लाई दिइएको छ । जसअनुसार पदाधिकारीको टुंगो लगाउन प्रचण्डले दावी गरेका नेताहरुसँग छलफललाई तीव्रता दिएका छन् ।

माओवादीमा अन्य पदभन्दा महासचिवमा चासो बढी देखिएको छ । वर्षमान पुन र जनार्दन शर्मा महासचिवका प्रबल दाबेदार हुन् । माओवादी स्रोतका अनुसार पुन र शर्माबीच महासचिवका विषयमा सहमति नजुटे प्रचण्डले तेस्रो व्यक्तिलाई महासचिव प्रस्ताव गर्नसक्ने सम्भावना छ । यस्तोमा दुवै नेताहरुलाई उपमहासचिवको जिम्मेवारी दिइन सक्छ ।

तीन विकल्पमा छलफल

महासचिवबारे टुंगो लगाउन माओवादी केन्द्रमा तीनवटा विकल्पमा छलफल शुरू भएको छ । नेताद्धय शर्मा र पुन दुवैले दाबी नछाडेका कारण प्रचण्ड निर्णयमा पुग्न सकेका छैनन् । महासचिवका आकांक्षी दुई जनाले आफूलाई ‘कम्फरटेबल’ हुने व्यक्तिलाई महासचिव बनाउन प्रचण्डलाई सुझाव दिएका छन् ।

यस्तोमा वर्षमान र जनार्दनलाई महासचिव बनाउन नसकिएमा तेस्रो व्यक्तिलाई महासचिव बनाउने विकल्पमा पनि छलफल भइरहेको छ । स्रोतका अनुसार कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेत या हरिबोल गजुरेललगायतका नेतालाई महासचिव बनाउने विकल्पबारे पनि प्रचण्डले नेताहरूसँग छलफल गरिरहेका छन ।

तेस्रो विकल्पको रुपमा महासचिव पद रिक्त राखेर अन्य पदाधिकारी नियुक्त गर्नेबारे छलफल चलिरहेको छ । पूर्वमाओवादी घटकसँग एकताको पहल भइरहेकोले उनीहरूलाई पार्टी एकतामा ल्याउने भन्दै महासचिव पद रिक्त राखेर अन्य पदाधिकारी मात्रै टुंगो लगाउने विषयमा पनि छलफल भइरहेको स्रोतले जानकारी दियो ।

पार्टी प्रवक्ता कृष्ण महराले कहि समय अघिदेखिनै नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा भित्र्याउन पहल गर्दै आइरहेका छन् । उनले विप्लवलाई महासचिव बनाएर आफु वरिष्ठ उपाध्यक्ष बन्ने रणनीति भित्रभित्रै बुनिरहेको स्रोतको भनाई छ ।