काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् । उनले आज दिउँसो ३ बजे खुमलटारमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा विशेष सम्बोधन गर्ने भएका हुन् ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)बारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाएका छन् ।
साथै माओवादीको सहयोगमा एमसीसी संसदबाट पारित भएपछि हजारौं कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । यस्तो पृष्ठभूमिमा एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन राखेको बताइएको छ ।
माओवादी केन्द्रको सचिवालयले एमसीसीलगायत बिकसित राजनितिक घटनाक्रमका बारेमा अध्यक्ष प्रचण्डले बिशेष सम्बोधन गर्ने जानकारी दिएको हो । प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको बताएकी छन् ।
पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उनले एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न नसिकने बताएकी हुन् ।‘एकपटक सोचौं हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको छ । पार्टी नेतृत्वलाई विश्वास गरौं’, उनले भनेकी छन् ।
धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान गरिएको उनको भनाई छ । ‘धेरै विचार र विवेक पुर्याएर यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं’ उनले भनेकी छन्, ‘नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं ।’




प्रतिक्रिया