काठमाण्डु – नेकपा माओवादी केन्द्रले नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ ।
मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै सर्वोच्च पुगेर पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् ।
‘कसैको राजनीतिक अभिष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि र कोही पनि बाँकी रहने छैन । त्यसको प्रत्यक्ष प्रभावको भागीदार स्वयं अदालत बन्नुपर्ने स्थिति आउन सक्छ,’ प्रचण्डले दर्ता गराएको रिट निवेदनमा भनिएको छ ।
प्रचण्डले फैसलाले केपी ओलीलाई सहज र आफुलाई असहज परिस्थिति सिर्जना गरेको भन्दै रिटमा सो फैसला पुनरावलोकन हुनुपर्ने माग गरेका छन् ।
यस्तो छ माओवादी केन्द्रले दर्ता गराएको पुनरावलोकन निवेदन:




प्रतिक्रिया