माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन एजेण्डा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा पार्टीमा रिक्त रहेका पदपूर्ति गर्ने बिषयमा केन्द्रीत हुने केन्द्रीय सदस्य गणेश साहले बताए ।

हिजो बसेको स्थायी कमिटी बैठकमा पनि केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो । तर सो बिषयमा कुनै ठोस निर्णय हुनसकेको थिएन ।

साउन ३१ को केन्द्रीय कमिटी बैठकले एकसाता भित्र रिक्त पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको थियो ।