काठमाण्डु – नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक जारी छ ।
बैठक केहि बेरअघि पार्टी कार्यालय पेसिडाँडामा सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने उनले बताए ।
आज बिहान मात्रै मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा छिट्टै मन्त्रिपरिषद् विस्तार गर्न नेताहरु सहमत भएका थिए ।
आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बुझिएको छ ।




प्रतिक्रिया