काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउनेबारे छलफल हुनेछ ।
हिजो बसेको स्थायी समिति बैठकले आइतबार सरकारमा जाने मन्त्रीहरूबारे छलफल गर्ने निर्णय गरेको थियो । यद्यपी बैठकको समय भने निश्चित भइनसकेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । तर पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले भने बैठक बस्ने कुरा भए पनि समय तय भइ नसकेको बताए । बैठक बस्ने भन्ने कुरो त छ,’ उनले भने, ‘तर, यकिन भइसकेको छैन ।’




प्रतिक्रिया