माओवादीको केन्द्रीय समिति बैठक भोलि बिहान बस्ने

माओवादीको केन्द्रीय समिति बैठक भोलि बिहान बस्ने


काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलि पनि बस्ने भएको छ । बैठक आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए ।

सम्मेलनको तयारीस्वरुप आज अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए ।