माओवादीको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

माओवादीको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवा माओवादी दी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

कोरोना संक्रमण तीव्र बन्दै गइरहेका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझावअनुसार बैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।

पार्टीको ८औं महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष नियुक्त गरेको थियो । त्यसपछि भने कोरोनाका कारण बैठक बस्न सकेको छैन ।