काठमाण्डु – नेकपा माओवादी केन्द्र प्रदेश १ मा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । यसअघि सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गरिएपनि सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन गर्न लागिएको हो ।
माओवादी केन्द्र प्रदेश कमिटीको बैठक बस्दैछ । त्यसपछि अध्यक्षलगायत ९ जना पदाधिकारीका लागि निर्वाचन गरिने माओवादी प्रदेश १ ले जनाएको छ । गत मंसिर २५–२६ को प्रथम प्रदेश सम्मेलनले २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरेपनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।
९ पदाधिकारीका लागि ४० जना आंकाक्षी छन् । पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायत दाबेदार छन् ।
त्यस्तै ३ जना उपाध्यक्षका लागि दर्जन बढी नेताको दाबी छ । १ जना सचिवका लागि आधा दर्जनको दाबी छ । यसअघि सहमतिमा नेतृत्व चयन हुननसक्दा बागमती प्रदेशमा पनि निर्वाचनबाट पदाधिकारी चयन गरेको थियो ।




प्रतिक्रिया