माओवादीले तोक्यो प्रदेश इन्चार्ज, क-कसले पाए जिम्मेवारी ? (नामसहित)

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, क-कसले पाए जिम्मेवारी ? (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले सात वटै प्रदेशमा इन्चार्ज तोकेको छ । शनिबार र आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा इन्चार्ज तोकेको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेशका इन्चार्ज र पदाधिकारी टुंगो लगाएको जानकारी दिए । प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकिएको छ ।

सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने कर्णालीको इन्चार्जमा शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रदेश नं. १ मा भने सुरेन्द्र कार्की र सावित्री काफ्ले मध्ये कसलाई इन्चार्ज बनाउने टुंगिएको छैन ।

प्रवक्ता श्रेष्ठले जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मा भने प्रदेश कमिटीलाई दिइएको बताए । बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत् रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुवीकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको छ।

त्यस्तै राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दूमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यसपछाडी प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ । त्यसका लागि पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्वाचन निर्देशिका पनि तयार गरेको छ ।

त्यसैगरि बैठकले पार्टीका विभागहरुमा प्रमुख तोकेको छ । खासगरी माओवादी परित्याग गरी एमाले प्रवेश गरेका नेताहरुको ठाउँमा नयाँ पदपूर्ति गरिएको हो ।