काठमाण्डु–१० मा माओवादीले तोड्यो गठबन्धन

काठमाण्डु–१० मा माओवादीले तोड्यो गठबन्धन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले काठमाण्डु क्षेत्र नम्बर १० मा सत्तारुढ गठबन्धनसँगको तालमेल तोडिएको घोषणा गरेको छ ।

सिट बाँडफाटका क्रममा काठमाण्डु १० माओवादीको भागमा परेपनि गठबन्धनमा आवद्ध अन्य दलबाट पनि उम्मेदवारी परेपछि माओवादीले उक्त क्षेत्रमा गठबन्धन तोडेको हो ।

काठमाण्डु १० मा माओवादी नेतृ अञ्जना विशंखे प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् । तर त्यहाँ नेपाली कांग्रेसका नेता राजन केसीले छुट्टै उम्मेदवारी दिएका छन् ।

त्यस्तै त्यहाँका दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस र मओवादीले एक–एक वटा लिने गठबन्धनमा सहमति भएको थियो । तर प्रदेशसभामा पनि सत्ता गठबन्धनका एक भन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।

काठमाण्डु १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रक दिलिप महर्जनले उम्मेदवारी दिएका छन् ।काठमाण्डु १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।