१२० स्थानीय तहमा माओवादीको जित


काठमाण्डु – स्थानीय तह निर्वाचन अन्गर्गत नेकपा माओवादी केन्द्रले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले १२० पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् ।

आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ ।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement