काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको हो ।
सत्तारुढ पाँच दलीय गठबन्धनले सरकारका काम कारबाहीमा सहयोग गर्न समन्वय समिति बनाएपछि माओवादी केन्द्रको बैठक बसेको हो । उक्त समितिमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ छन् ।
आजको स्थायी कमिटी बैठकमा प्रचण्डले सदस्यहरुलाई समन्वय समितिबारे जानकारी दिने र अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।




प्रतिक्रिया