काठमाण्डु- काठमाण्डुमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका स्थगित भएको छ ।
बुधबार १ बजेका लागि बोलाइएको बैठक बिहीबार ११ बजे बस्ने गरी स्थगित गरिएको एक नेताले जानकारी दिए । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो ।
प्रचण्डले पदाधिकारीलाई पूर्णता दिने तयारी गरेका छन् । उनले स्थायी कमिटी समेत गठन गर्ने तयारी गरेको बताइएको छ। त्यसका लागि उनले नेताहरूको नाम प्रस्ताव गर्ने भएका छन् ।




प्रतिक्रिया