माओवादीले समानुपातिकको सूची आज टुंग्याउने

माओवादीले समानुपातिकको सूची आज टुंग्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सांसदको टुंगो आज लगाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा हिजो बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्न नसकेपछि आज बस्ने बैठकले टुंगो लगाउने एक नेताले जानकारी दिए ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ ।