काठमाण्डु- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ । आइतबार बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको हो । बैठकमा संसदीय दलको नेता, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष प्रस्ताव गरेका थिए । आजको बैठकमा प्रचण्डले सरकार गठनबारे भएको गृहकार्यका विषयमा बैठकमा ‘ब्रिफिङ’ गर्ने जनाइएको छ ।




प्रतिक्रिया