माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

फाइल तस्बिर

काठमाण्डु- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल भइरहेको छ ।