काठमाण्डु-माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।
बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए। साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे छलफल र जानकारी गराएका थिए ।
प्रतिक्रिया