काठमाण्डु-माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्र्दैछ । बैठक पार्टी मुख्यालय खुमलटारमा बस्नेछ ।
बैठकमा मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, पुस २ को केन्द्रीय समिति बैठक, अखिल क्रान्तिकारीको थाँती रहेको अधिवेशनगायतका विषयमा छलफल हुनेछ ।
बैठकले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पार्टी उपाध्यक्ष बनाउने विषयमा पनि छलफल गर्नेछ । उनी कात्तिक २६ गते खुमलटारमै बसेको स्थायी समिति बैठकमा सहभागी पनि भएका थिए ।
बैठकमा बोलाउँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्षको आश्वासन दिएका थिए । त्यसपछि बैठकमा उपस्थित पुनले आफू पार्टीकै मान्छे भएको उल्लेख गर्दै ‘मेरो जिम्मेवारी के’ भनेर सोधेका थिए ।
पार्टीको बुधबार आयोजित कार्यक्रममा पनि उनले सहभागिता जनाएका थिए । कार्यक्रममा पुनले आफू पुनः रातो मान्छे भएर उभिन तयार रहेको बताएका थिए । सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच उनले दिएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उपाध्यक्ष बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।
कांग्रेस–एमालेको पछिल्लो गठबन्धन बनेपछि प्रदेश प्रमुखबाट हटेका शेरचनलाई पनि उपाध्यक्ष बनाउने तयारी भएको एक नेताले बताए ।२०७२ सालमा उपराष्ट्रपति बनेका पासाङ २०७९ सम्म पदमा कायम रहेका थिए । पुराना कम्युनिस्ट नेता शेरचन २०७८ सालमा लुम्बिनीको प्रदेश प्रमुख भएका थिए ।




प्रतिक्रिया