माओवादीको निर्णयः गण्डकीमा शेरचन र प्रदेश २ मा परियार प्रदेश प्रमुखमा सिफारिस

माओवादीको निर्णयः गण्डकीमा शेरचन र प्रदेश २ मा परियार प्रदेश प्रमुखमा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका दुई जना प्रदेश प्रमुखलाई पुनःनियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले गण्डकी र प्रदेश नम्बर २ काे प्रदेश प्रमुखमा पुनःनियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय गरेको छ । ओली नेतृत्वको सरकारले उनीहरुलाई हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश नम्बर दुईमा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।