मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलायो

मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । समसामयिक राजनीतिक र सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सचिव ढकालकाअनुसार आजको बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीका विषयमा छलफल हुनेछ ।

वाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । गठबन्धनका नेताहरूले मन्त्रीकाे नाम बुझाउन नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएकाे हाे ।

माओवादी केन्द्रबाट देउवा नेतृत्वको सरकारमा दुई जना मन्त्री सहभागी छन् । त्यस्तै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले पनि मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन् ।