काठमाण्डु – माओवादी केन्द्रले बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएको हो । अर्को बैठक मंगलबार १ बजेका लागि बोलाइएको छ ।
माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालकाअनुसार नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको जानकारी दिए ।
आज बस्ने भनिएको बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ताबारे निर्णय लिने कार्यसूची तय भएको थियो ।




प्रतिक्रिया