माओवादी नेताहरु आन्तरिक छलफलमा

माओवादी नेताहरु आन्तरिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माआवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । एमसीसी सम्झौता अनुमोदन सम्बन्धमा थप निर्णय गर्न पूर्वस्थायी समितिका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा अहिले बैठक बसिरहेको छ ।

बिहान ८ बजेबाट शुरु भएको बैठकमा अध्यक्ष दाहालसहित नेताहरु कृष्णबहादुर महरा, लीलामणि पोखरेल, देव गुरुङ, नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत,हरिबोल गजुरेल, दिनानाथ शर्मा, वर्षमान पुन, हितमान शाक्य, अर्थमन्त्री जनार्दन शर्मा,ऊर्जामन्त्री पम्फा भुसाल र शिक्षामन्त्री देवेन्द्र पौडेललगायत दुई दर्जनको उपस्थिति रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

हिजो राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धन बैठकमा एमसीसी सम्झौतालाई पूरक प्रस्तावसहित अनुमोदन गर्ने सहमति भएपछि आज प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन् । संसदमा आजदेखि एमसीसीबारे छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।