काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका छन् । २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको उनले बन्दसत्रमा बताए ।
‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’ उनले भने ।
बन्दसत्रमा प्रचण्डले समावेशी समानुपातिकको खस आर्यतर्फ १३ जनाको नामावली प्रस्तुत गरेका छन् ।
समावेशी समानुपातिक तर्फ खस आर्यतर्फका केन्द्रीय सदस्य:
नारायणप्रसाद दाहाल, सूर्यराज सुवेदी, धीरेन्द्र प्रधान, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारानाथ स्वार, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र,अच्युतम् काफ्ले रहेका छन् ।




प्रतिक्रिया