को-को बने माओवादीबाट राष्ट्रियसभा उम्मेदवार ? (सूचीसहित)

को-को बने माओवादीबाट राष्ट्रियसभा उम्मेदवार ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको टुंगो लगाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएका हुन् ।

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्गरअल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार बनाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । सो १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।