माओवादीले बेलायो माघ २८ र २९ मा केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा


काठमाण्डु – नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादीले आगामी माघ २८ र २९ गते प्रज्ञा भवनमा बस्नेगरि केन्द्रीय समिति बैठक बोलाएको हो ।

पुस ११ देखि १८ सम्म काठमाण्डुमा आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले हालसम्म महासचिवसहितका पदाधिकारी चयन गर्न सकेको छैन । यस्तो अवस्थामा केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यसअघि गत पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । तर, नेता वर्षमान पुन चीनबाट नआइपुगेको भन्दै स्थगित गरिएको थियो । नेता पुन चीनबाट आइसकेकाले अबको बैठकले महासचिवसहितका पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको टुंगो लगाउने तयारी गरेको छ ।

बैठकमा हाल राजनीतिक वृतमा चर्चाको विषय बनेको एमसीसी, स्थानीय तह निर्वाचन र अन्य राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement