काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्नको लागि ६ वटा मापदण्ड तय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सर्कुलर जारी गर्दै अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचमा उम्मेदवारका लागि ६ वटा मापदण्ड बनाएको जानकारी दिएका हुन् ।
माओवादीले ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया पहिलेका प्रतिनिधिलाई सकभर नदोहो¥याउने निर्णय गरेको छ ।
यस्ता छन् मापदण्डः
१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहो¥याउने
२. देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने
३. स्वच्छ छवि भएको हुनुपर्ने
४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने
६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने




प्रतिक्रिया