माओवादी केन्द्रमा केन्द्रीय समिति विघटन गरिँदै, आफू पदलोलुप नभएको अध्यक्ष प्रचण्डको भनाइ

माओवादी केन्द्रमा केन्द्रीय समिति विघटन गरिँदै, आफू पदलोलुप नभएको अध्यक्ष प्रचण्डको भनाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन् ।

राजधानीको प्रज्ञा भवनमा बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा उनले अध्यक्षसहित सबै पदाधिकारीसहितको कमिटी विघटनको प्रस्ताव पेस गरेका हुन् ।

केन्द्रीय समिति विघटन गरेर अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले बाहिर प्रचार गरिएजस्तो आफूमा पदलोलुपता नभएको स्पष्ट पारेका छन् ।

केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिलाई निकै जटिल, विकराल र गम्भीर भएको समेत बताए ।

‘आज जे देखिँदैछ, त्यसलाई शब्दले बयान गर्न पनि गाह्रो भइरहेको छ। यस्तो अवस्थामा आन्दोलनलाई सुदृढ बनुउन विशेष महाधिवेशनसम्म जानुपर्ने देखिएको छ’, उनले भने ।

नेतृत्व हस्तान्तरणबारे निरन्तर छलफल हुँदै आएको उल्लेख गर्दै आफूदलाई पदमा बसिराख्नुपर्छ भन्ने नलाग्ने पनि उनले बताए ।