काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने भएको छ ।
काठमाडौंमा जारी विधान अधिवेशनमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिह्न तत्काल नफेर्ने तर आवश्यक परे पछि निर्णय लिने बताएका हुन् ।
विधान सम्मेलनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।




प्रतिक्रिया