माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभा सचिव गोपाल पराजुलीले माओवादीले एमाले नेता कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको जानकारी दिए।

केन्द्रमा कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरूले गएको साउन ११ मा पदबाट राजीनामा दिएका थिए। यतिन्जेलसम्म समर्थन भने कायमै राखेको माओवादीले पत्र लेखेर समर्थन फिर्ता लिएको हो।

नेपालको सविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २७ मा मुख्यमन्त्री बन्दा कार्कीलाई माओवादी सांसदहरूले समर्थन गरेका थिए।

माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ। १३ जना सांसद रहेको माओवादीले समर्थन फिर्ता लिएकै दिन सरकारलाई २९ जना सांसद रहेको कांग्रेसले समर्थन जनाएको छ । एमालेसँग ४० सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ।

असार ८ मा बसेर अनिश्चितकालीन स्थगनमा रहेको कोशी प्रदेश सभा बैठक शुक्रबार बस्दैछ।

सरकारलाई समर्थन गरेर शुक्रबारदेखि सत्तापक्षमा बस्ने निर्णय लिएको कांग्रेसले कोशीमा मन्त्री पठाउन भने अझै सकेको छैन।