काठमाण्डु – पूर्वमाओवादी केन्द्रका नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा हुने भएको छ ।
पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट निवेदन शुक्रबार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ ।
यसअघि एमालेमा प्रवेश गरेका चार पूर्वमाओवादी नेताले आफुहरु माओवादी केन्द्रमै रहेको दावी गर्दै बुधबार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरु चारै जनाको रिटको पेशी बिहीबार तोकिए पनि अन्तिममा हेर्न नभ्याइने सूचीमा परेको थियो ।




प्रतिक्रिया