माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य ओम विक्रम भाट बने ३ जना छात्रछात्राको अभिभावक

माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य ओम विक्रम भाट बने ३ जना छात्रछात्राको अभिभावक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा प्रदेश ७ का प्रचारप्रसार विभाग प्रमुख ओम विक्रम भाट (सरल) तीन जना छात्रछात्राको अभिभावक बनेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीको रत्न माध्यामिक विद्यालयका तीन जना छात्रछात्राको पढाई खर्च बेहोर्ने सर्तमा उनी अभिभावक बनेका हुन् ।  विद्यालयका प्राध्यानाध्यापक खडक सिंह पालका अनुसार  कक्षा १० मा अध्ययनरत सपना रोकाया, ९ मा अध्ययनरत अञ्जु सार्की र ९ मै अध्ययनरत बलभद्र रानालाई पढाउने जिम्मा सरलले लिएका छन् ।

उनले तीनै जना विद्यार्थीलाई एक जोर युनिर्फम, झोला, कापी, कलम तथा शैक्षिक समाग्री समेत दिएको प्राध्यानाध्यापक खडक सिंह पालले बताए ।

राष्ट्रिय भर्ना अभियानलाई समेत सफल पार्नका लागि माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य एव ७ नम्बर प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओम विक्रम भाट (सरल)ले आर्थिक रुपमा विपन्न विद्यार्थीलाई शिक्षाको पहुँचमा बृद्धि गराउन अभिभावक बनेको बताए ।