काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।
उनले आजको बैठकमा सोमबारको बैठकमा पेश गरिएका तीनवटा प्रस्तावमाथि छलफल हुने बताए । सोमबारको बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्ताव पेस भएको थियो ।
आजबाट यीनै प्रस्तावमाथि छलफल सुरु हुनेछ । राष्ट्रिय सम्मेलनसम्बन्धी प्रस्तावमा आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा नवीकरण, सेल तथा टोल, वडा भेला र पालिकास्तरीय भेलाको मिति परिवर्तन गर्न प्रस्ताव गरिएको छ ।
प्रस्तावमा सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गनुपर्ने उल्लेख छ । यसअघि सो पार्टीले सदस्यता नवीकरण मिति भदौ मसान्तसम्म निर्धारण गरेको थियो ।
तर पछिल्लो प्रस्तावमा स्थानीयस्तरमा हुने वडा भेला कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने प्रस्ताव अघि सारिएको छ ।




प्रतिक्रिया