काठमाण्डु- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यले काठमाण्डुमा बस्न नपाउने भएका छन् ।
पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाण्डु बस्न नपाउने घोषणा गरेका हुन् ।
’पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाण्डु बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ । पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाण्डुमा बस्न पाउने छैनन्,’ प्रचण्डले भने ।




प्रतिक्रिया