काठमाण्डु – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ । बन्दसत्रले पार्टीको विधान पारित गरेपछि केही समयका लागि स्थगित भएको बैठक फेरी सुरू भएको हाे । स्थायी समितिले संशोधित विधानको कलस्टरसमेत मिलाएर केन्द्रीय समितिको प्यानल घोषणा गर्नेबारे निर्णय गर्ने छ ।
। त्यसपछि केन्द्रीय समितिको प्यानल घोषणा हुने बताइएको छ। प्यानललाई महाधिवेशन हलले अनुमोदन गरेमा निर्वाचन हुने छैन । यदि त्यसमा सहमति नजुटे निर्वाचन हुने छ। हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने निश्चितप्रायः छ। वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ।
महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, कृष्णबहादुर महराले आकांक्षा व्यक्त गरिरहेका छन्। यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ। यस्तै, पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने व्यवस्थासमेत गरेको छ।




प्रतिक्रिया