काठमाण्डु- नेकपा (माओवादी केन्द्र) ले बुधबार संसदीय दलको बैठक बोलाएको छ । बुधबार बिहान १० बजे सिंहदबारस्थिल दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाएको माओवादी केन्द्रका नेता अमनलाल मोदीले बताए ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो । बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको नेता मोदीले बताएका छन् ।
भोलि बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने रणीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा लागेका छन् । स्रोतका अनुसार यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि एमसीसी पास गर्न सहयोग गर्न सहमत भएका छन् ।
त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले पनि राजनीतिक दलहरु एमसीसी पास गर्न सहमत भए आफूले कुनै पनि बाधा नगर्ने बताइसेका छन् ।




प्रतिक्रिया