पार्टी एकता गर्दा नामका विषयमा छलफल गर्न सकिने माओवादी केन्द्रको निर्णय


काठमाण्डु – नेकपा माओवादी केन्द्रले अन्य पार्टीसँग एकता गर्दा पार्टीको नामका विषयमा छलफल गर्न सकिने निर्णय गरेको छ ।

भदौ २५ गते बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले गरेको निर्णयलाई मातहत कमिटीमा पठाइएको सर्कुलरमा पार्टीको नाम फेर्ने विकल्प खुला राखिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा उल्लेख छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिनेछ ।’

सर्कुलरमा पार्टी रूपान्तरणको ३ महिने अभियानबारे पनि स्पष्ट पारिएको छ ।

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पार्टी एकताबारे वार्ता गर्ने समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement