आगामी चुनावमा माओवादीले कसैसँग गठबन्धन गर्दैन : प्रवक्ता सापकोटा


काठमाण्डु – नेकपा माओवादी केन्द्रले आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ ।

आईतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्नि सापकोटाले माओवादीले एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको बताए ।

आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी ३ महिने अभियान सञ्चालन गरिरहेको उनले बताए । समानुपातिकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोब्बरभन्दा मत बढाउने विश्वास पैदा भएको उनले बताए ।

प्रवक्ता सापकोटाले अभियानकै क्रममा विधान सम्मेलनमा विधि, विधान र पद्धति लगायतमा बहस गर्ने र त्यसपछि विशेष महाविधेशन आयोजना गर्ने बताए ।

सापकोटाले माओवादी नेतृत्वको सरकार मुलुकमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताए । सरकारले मुलुक र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए । प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको चीन भ्रमणपछि नयाँ स्तरमा सम्बन्ध अघि बढेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement