पुस २८ गते माओवादी स्थायी समिति बैठक बस्ने

पुस २८ गते माओवादी स्थायी समिति बैठक बस्ने


काठमाण्डु – नेकपा माओवादी केन्द्रले पुस २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ ।

विधान मस्यौदा, कार्यविभाजन र अभियानको समीक्षा गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उनले भने, ‘मुख्य एजेण्डा विधान मस्यौदाबारे छलफल गर्ने रहेको छ । त्यसको साथसाथै अभियानको समीक्षा र आवश्यकताअनुसार कार्यविभाजन पनि हुन्छ ।’

फागुनको पहिलो हप्ता हुन लागेको विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्यीय मस्यौदा समिति गठन गरेकोमा समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।